बाग्मती

जवरजस्ती करणी पश्चात साथमा रहेको नगद र गहना लुटपाट गरी फरार रहेका तामाङ पक्राउ

७ असार, काठमाण्डौ । नेपाल प्रहरीले जवरजस्ती करणी पश्चात साथमा रहेको नगद र गहना लुटपाट गरी फरार रहेको १ जना व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्‍चोक तिमाल गाउँपालिका वडा नं. ०९ घर भई हाल बनेपा डेरा गरी बस्ने ३० वर्षीय भोटे, जय, आशिष भन्ने विश्व तामाङ लाई पक्राउ गरेको हो । २४ वर्षीय महिला लाई विवाह गर्छु भनी प्रलोभनमा पारी काठमाण्डौ नगरपालिका ११ स्थित भोटेबहालमा रहेको एक गेष्ट हाउसमा राखी पेय पदार्थमा लठ्ठिने पदार्थ मिसाई खुवाई उक्त महिलाको साथमा रहेको नगद रु एक लाख, दुई तोला सुन र एउटा मोबाइल समेत लुटी फरार भएका तामाङलाई असार ५ गते प्रहरी बृत्त कालीमाटीबाट खटिएको विशेष प्रहरी टोलीद्वारा निजलाई नियन्त्रणमा लिइएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिनेश राज मैनालीले बताए । निजले गेष्‍ट हाउसमा बस्दासमेत पीडित महिलाकै परिचयपत्र, मोबाइल नं. मार्फत डाटा इन्ट्री गराएको बताए। हाल पीडित महिलालाई प्रसुती गृह अस्पतालमा लगी निजको विस्तृत स्वास्थ्य र शारीरिक परीक्षण गराई अनुसन्धानको भईरहेको छ भने निज विश्‍व तामाङउपर मुलुकी अपराध (संहिता) ऐन, २०७४ को
परिच्छेद-१८ को देहाय २१९ को जबर्जस्ती करणी गर्न नहुने र ऐ. ऐनको परिच्छेद- २० को देहाय २४१ को चोरी गर्न नहुने कसूरमा सम्मानीत काठमाण्डौ जिल्ला अदालतबाट दिन-७ को म्याद थप अनुमति प्राप्त भई प्रहरी बृत्त कालीमाटीबाट थप
अनुसन्धान भई रहेको प्रवक्ता प्रहरी उपरीक्षक दिनेश राज मैनालीले बताए ।