समाचार

एक करोड दुई लाख पचास हजार रुपैंया जरिवाना ठहर भएका घिसिङ पक्राउ


१४ असार, काठमाण्डौ । प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप सुनपाती गा.पा.वडा नं.४ घर भई हाल काठमाडौं गोकर्णेश्वर न.पा.वडा नं. ६ जोरपाटी बस्ने ४३ वर्षीय बिनोद लामा भन्ने बिनोद घिसिङलाई पक्राउ गरेको हो । निजले मेघा बैंक लिमिटेड बौद्ध शाखामा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खाताहरुमा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालाहरुलाई झुक्यानमा पारी भुक्तान हुन नसक्ने चेक दिएको भनी उच्च अदालत पाटनले २०७८ पुष २७ गते घिसिङलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा जम्मा २१ (एक्काईस) दिन कैद र रु(एक करोड दुई लाख पचास हजार रुपैंया) जरिवाना ठहर गरेको थियो । उक्त फरार रहेका घिसिङ लाई केन्द्रिय अनुसन्धान ब्युरोबाट खाटिएका टोलीले काठमाडौं गोकर्णेश्वर न.पा.वडा नं.६ जोरपाटी,काठमाडौंबाट पक्राउ गरेको प्रहरी उपरीक्षक श्याम कुमार महतोले बताए । फैसला कार्यन्वयनका लागि घिसिङलाई काठमाण्डौ जिल्ला अदालत पठाईएको महतोले बताए ।