राजनीति

ठुला नेता मुछिएको भ्रष्टाचारका ठुला काण्डको छानबिन गर्न सके मात्र देशको मुहार फेर्न सकिन्छः उपसभापति गुरुङ

१४ असार, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले भ्रष्टाचारका ठुला काण्डहरुको छानबिन गर्न सके मात्र देशको मुहार फेर्न सकिन्छ भनेका छन् । उनले चितवनमा आयोजीत भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् ।
नेता गुरुङले भ्रष्टाचारीको कुनै जात, धर्म, वर्ण, लिङ्ग, क्षेत्र, राजनैतिक पार्टी र राष्ट्रियता हुँदैन रहेको बताएका छन् ।
उपसभापति गुरुङले बिगतदेखी नै भ्रष्टाचार बिरोधी अभियान चालिरहेको अवस्थामा आजको कार्यक्रममा थप आक्रमक बनेका छन्. ।
उपसभापति गुरुङ भन्छन्, ‘भ्रष्टाचारीको कुनै जात, धर्म, वर्ण, लिङ्ग, क्षेत्र, राजनैतिक पार्टी र राष्ट्रियता हुँदैन भन्ने मान्यताका साथ ठुला नेताहरु मुछिएको भ्रष्टाचारका ठुला काण्डहरुको छानबिन गर्न सके मात्र देशको मुहार फेर्न सकिन्छ।’