गण्डकी प्रदेश

तालमा तैरीरहेको अवस्थामा भेटियो राईको शव

१५ असार, पोखरा । बेगनास तालमा तैरीरहेको अवस्थामा मानिसको शव फेला परेको छ । पोखरा महानगर पालिका वडा न. ३१ मा पर्ने बेगनास तालको पारी पटी अधेरी कुनामा उक्त मानिसको सव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मोरङ जिल्ला स्थाइ घर भइ हाल पोखरा महानगर पालिका वडा न ३१ मा मजदुरी गर्दै आइरहेका सेतुमान राइको शव किनारमा भेटीएको वडा प्रहरी कार्यलय डाडाको नाकका इनीस्पेक्टर भगवान थापाले जानकारी दीए । शव भेटीएको स्थान नजिकै तालको तिरमा चप्पल र माछा मार्न प्रयोग भएको बल्छी भेटीएको थियो । यतिबेला उनको सव पोष्टमाटमको लागि पश्चिमञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ यस्तो अवस्थामा थियो शव हेर्नुहोस बेगनासतालबाट स्थलगत रिपोर्ट।