अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा कोभिड-१९ का ९,५९५ नयाँ सङ्क्रमित फेला


१६ असार, सियोल (दक्षिण कोरिया) । दक्षिण कोरियामा गत २४ घण्टामा (बुधबार मध्यरातसम्म) ९,५९५ नयाँ कोभिड-१९ का सङ्क्रमित फेला पारेका छन् । यो सँगै सङ्क्रमितको कुल सङ्ख्या १८,३५९,३४१ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।
दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिन १०,४६३ बाट घटेको बताइएको छ । तर कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीका अनुसार यो एक हप्ता अघिको ७, ४९३ भन्दा बढी थियो।
गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा पाँचले कम भएर ५४ पुगेको छ ।
थप १० जनाको मृत्यु भएको पुष्टि भएको छ जसबाट मृत्यु हुनेको सङ्ख्या २४,५४७ पुगेको छ। कुल मृत्यु दर ०.१३ प्रतिशत देखिएको छ ।