समाचार

बैंकिङ् कसूर मुद्दामा फरार एक महिला पक्राउ


१६ असार, काठमाडौँ । बैंकिङ् कसूर मुद्दामा फरार एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप, खाँडादेवी गा.पा. वडा नं. ५ घर भई हाल काठमाडौं, गोकर्णेश्वर न.पा. वडा नं. ८ बस्ने ४२ वर्षीय बिष्णुमाया योन्जन रहेकी छिन् ।

उच्च अदालत पाटनले योन्जनलाई पर्याप्त मौज्दात रकम नभएको एनएमवि वैंक लिमिटेडमा रहेको निजको नामको खाताबाट रकम भुक्तान हुने भनी जानी-जानी जाहेरवालालाई झुक्याइ मिति २०७७/११/१३ मा दिएको चेकको रकम भुक्तान हुन नसकेको हुँदा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम तीन दिन कैद र रु. ७ लाख जरिवाना सजाय सुनाइएको थियो । फरार रहकी योन्जनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टालीले बिहिबार टेकु काठमाडौँबाट पक्राउ गरि थप अनुसन्धान र फैसलाका लागि जिल्ला अदालत ललितपुरमा उपस्थित गरिइएको हो ।