आर्थिक

“सेञ्चुरी डिबेन्चर २०८८” को सूचीकरण

१६ असार, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड बीच १० वर्ष अवधि तथा वार्षिक १०.५० प्रतिशत व्याजदर भएको “सेञ्चुरी डिबेन्चर २०८८” डिबेन्चर ऋणपत्र को सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सर्वसाधारण समक्ष धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि विक्री आव्हान गरेको थियो ।

सर्वसाधारणमा वितरण गरिएको २२ लाख थान ऋणपत्र वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मिति २०७९/०३/१५ गतेको निर्णयानुसार उक्त ऋणपत्र स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिएको छ ।