समाचार

राष्ट्रपतिसमक्ष चार राजदूतको शपथ

१६ असार, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरुले पदथ तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा उनीहरुले शपथ लिएका हुन् । शपथ लिने राजदूतहरुमा डा नरेशविक्रम ढकाल (कतार), विष्णुपुकार श्रेष्ठ (चीन), कैलाशराज पोखरेल (अष्ट्रेलिया) र कान्ता रिजाल (इजरायल) छन् । 

समारोहमा परराष्ट्रमन्त्री डा नारायण खतिवडालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।