राजनीति

डा कोईराला पक्षको निष्कर्षः देउवाको ध्यान सरकार चलाउनमात्र केन्द्रीत, पार्टी चलाउन पूर्णतः असफल

१६ असार, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ तथा शेखर कोईराला पक्षले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा एकलौटी ढंगले अगाडी बढेको आरोप लगाएका छन् ।
आज कोईराला पक्षबाट महामन्त्री गगन कुमार थापा, सहमहामन्त्री जीवन परियार, दिलेन्द्र बडु, बलबहादुर केसी, नेता चन्द्र भण्डारीलगायतका केन्द्रीय नेताहरुको बैठकले सभापति देउवाले काँग्रेसतिर भन्दा पनि सरकारतिर बढी ध्यान दिएको बताएका छन् ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा पुनः निर्बाचित भएपछि सभापति देउवाले पार्टीका बिभिन्न बिभागहरु ६ महिनाभित्र गठन गरिसक्नुपर्ने भएपनि गर्न नसकेकोलगायतका आरोप लगाएका छन् ।
काँग्रेस नेता डा कोईराला पक्ष नेपाली काँग्रेस नेतृत्वको सरकारका पछिल्ला गतिबिधिप्रति असन्तुष्ट छ । आजबाट बरिष्गठ कोईरालदा पक्षले देउवा वा संस्थापन पक्षको बैचारिक बिरोधमा खरो रुपमा उत्रिने संकेत दिएको छ ।
गठबन्धन दलभित्र सरकारका मन्त्रीहरु परिवर्तनको बिषयमा कुरा उठेपनि काँग्रेसभित्र मन्त्रीहरु परिवर्तनका बिषयमा बोल्न पनि नसकेको आरोप लगाउँदै सरकार चलाउन लाग्नाले सभापति देउवा पार्टी चलाउन पूर्णतः असफल रहेको बताएका छन् ।