खेलकुद

स्पोर्ट्स हव ओपन ब्याडमिन्टन अर्को महिना

१७ असार, काठमाण्डौ । स्पोर्ट्स हव नेपाल प्रालिको आयोजनामा प्रथम स्पोर्ट्स हव ओपन ब्याडमिन्टन प्रतियोगिता अर्को महिना आयोजना हुने भएको छ ।
आयोजकले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता साउन ११ देखि १४ गतेसम्म कपन लाखेपोखरीस्थित आयोजकको आफ्नै कभर्डहलमा हुने जानकारी गराए ।
प्रतियोगितामा विभिन्न ७ विधा समावेश गरिएको छ । जसमा पुरुष डबल्स (शीर्ष २० बाहेक), भेट्रान्स ४५ वर्षमाथि, अवकाश प्राप्त (देशी तथा विदेशी) आर्मी र पुलिस, महिला एकल (शीर्ष २० बाहेक), ब्वाइज यू–१७, सुपर भेट्रान्स ५५ वर्षमाथि र स्थानिय स्तरको हुनेछ ।
ब्याडमिन्टन खेलको विकासमा युवहरुलाई आकर्शित गर्ने र नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्धेश्यले यु–१७ लाई प्रतियोगितामा समावेश गरिएको पत्रकास सम्मेलनमा जानकारी गराईयो । यु–१७ गल्र्सको हकमा भने महिला खेलाडीहरुको संख्या थोरै हुने अनुमानका साथ महिला एकलमानै सहभागिता गराउने उद्धेश्यले छुटै विधा नराखेको आयोजकले बताए ।
करिव १० लाख लागत रहेको प्रतियोगितामा पुरुष डबल्सको विजेताले ३५ हजार रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले २० हजार र तेस्रो हुने टोलीले समान ७ हजार ५ सय हात पार्नछन् । भेट्रान्स ४५ वर्षमाथिको विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रो हुनेले समान ५ हजार हात पार्नेछन् । अवकाश प्राप्त, महिला एकल, ब्वाइज यू–१७ र सुपर भेट्रान्सको विजेताले समान २० हजार रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले समान १० हजार र तेस्रो हुनेले समान ५ हजार रुपैयाँ हात पार्नेछन् । स्थानिय स्तरको विजेताले १५ हजार, दोस्रोले ८ हजार र तेस्रो हुनेले समान ४ हजार रुपैया हात पार्ने आयोजकले जनाएको छ ।


प्रतियोगितामा ७ विधामा करिव १५० टिमको सहभागिता हुने प्रतियोगिता संयोजक आङ कुसाङ शेर्पाले जानकारी गराए । आगामी दिनमा यस प्रतियोगितालाई स्तरोन्नती गर्दै राष्ट्रियस्तरको प्रतियोगतालमा लाने उद्धेश्य रहेको समेत आयोजकले जानकारी गराए ।