आर्थिक

बिजबजारको भारी छुट सहितको ‘‘२० मा बिज” अभियान मा सपिङ

१८ असार, काठमाडौँ । नेपालका साना तथा मझौला उद्यमहरूलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने ‘‘२० मा बिज” नामक अभियान अन्तर्गतको असार महिनाको अभियान १९ राती १२ बजे देखि २२ गते सम्म लाइभ हुने भएको छ।

यही असार २० गतेका दिन बिजबजारले अपराह्न ४ देखि राति ८:२० बजेसम्म आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप तथा खेलहरू सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछ।

यस अभियान अन्तर्गतको सेभ विग योजनामा सेवाग्राहीहरूले बिजबजारबाट सामान खरिद गर्दा कम्पनीले तोकेका विभिन्न प्रकारका सामानहरूमा मात्र भारी रकम छुट प्राप्त गर्न सक्नेछन् भने भाग्यमानी योजना अन्तर्गत कम्तीमा रु ३ हजार बराबरको सामान खरिद गर्ने सेवाग्राहीहरू मध्ये एक भाग्यशाली ग्राहकले लक्किड्र मार्फत उपहार स्वरूप स्मार्टफोन प्राप्त गर्नेछन्।

त्यसै गरी असार २० गते, बिजबजार ई–कमर्स प्लेटफर्ममा रजिस्टर्ड हुने नयाँ ग्राहकहरूले रु १२० बराबरको छुट कुपन प्राप्त गर्नेछन्। त्यस्तै सेवाग्राहीहरूले बिजबजारको अफिसियल सामाजिक सञ्जाल तथा वेबसाइटमा प्रतिक्रिया दिँदा रु एक सय बराबरको मोबाइल टप अप समेत प्राप्त गर्नेछन्।

अर्को योजना पानी पर्यो अफर झर्यो अन्तर्गत २० जना भाग्यशाली सेवाग्राहीहरूले बिजबजारको तर्फबाट छुट साथै आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गर्नेछन्। समाट्नुहोस् र जिट्नुहोस् खेलमा सहभागी हुँदा सेवाग्राहीले ५ वटा आकर्षक उपहार जित्न सक्नेछन् भने उत्पादन अनुमान गर्नुहोस् खेल खेल्दा मोबाइल टप अप समेत प्राप्त गर्न सक्नेछन्।

सँग सँगै सो अभियानका दिन ‘‘यसमै छ खुसी’’ योजनामा अफरहरूको टाइमर सेट हुनेछ जस्मा सेवाग्राहीहरूले समय अनुसार परिवर्तन हुने विभिन्न दरमा छुट प्राप्त गर्न सक्नेछन् । साथै Health & Beauty, Go Sports Crazy, Baby Deals जस्ता अन्य अफर र योजनाहरू समेत रहेका र २० मा बिजका लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ।

साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो अभियान प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ।

एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा गएर तुरुन्तै र सजिलै ‘Bizbazar Online Shopping App’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारको अनलाइन सपिङ्ग सेवा लिन चाहेमा सिधै www.bizbazar.com.np टाइप गरेर पनि यो सेवा लिन सकिनेछ ।