१८ असार, काठमाडौँ । बैंकिङ कसूर मुद्दाका फरार कसूरदार हजामलाई प्रहारीले पक्राउ गरेको छ ।
प्रक्राउ पर्नेमा पर्सा, वीरगञ्ज म.न.पा.वडा नं. १ घरभई हाल चितवन भरतपुर म.न.पा.वडा नं. ४ गढीमाई सप्लायर्सका संचालक ४९ वर्षीय दशरथ ठाकुर हजाम पक्राउ परेका छन् ।
हजामले मारुति नन्दन एग्रो इण्डट्रिज प्रा.लि.बाट रू. पैतालिस लाखको उधारो कारोवार गरी फरार रहेको भनि मारुति नन्दन एग्रो इण्डट्रिज प्रा.लि. का संचालक तिलकराम गुप्ताले जाहेरी दिएका थिए ।
उच्च अदालत पाटन हेटौडा ईजलासको फैसलाअनुसार रू. बाह्र लाख छबीस हजार जरिवाना र ७ दिन कैद सजाय तोकिएको थियो । फरार रहेका हजामलाई वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले बुधबार पर्सा वीरगञ्ज महानगर वडा नं. १ छप्कैया स्थितबाट पक्राउ गरी थप अनुसन्धानका लागि शुक्रबार जिल्ला अदालत पर्सामा उपस्थित गराइएको हो ।





