समाचार

कोईरालाको ९९ औं जन्म जयन्तीको अवसरमा नारायणी अस्पतालमा फलफुल बितरण


१८ असार, काठमाडौँ । लोकतान्त्रिक गणतन्त्र नेपालका महानायक युगपुरुष पुर्व प्रधानमन्त्री स्व गिरिजा प्रसाद कोईरालाको ९९ औं जन्म जयन्तीको अवसरमा फलफूल बितरण गरिएको छ ।

नारायणी अस्पतालमा उपचार गराइ रहेका १ सय ८५ जना बिरामीलाई फलफूल केरा , स्याउ , बिस्कुट , अन्डा र फ्रुटि सहितको प्याकेट बितरण गरिएको फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले जानकारी गराए ।
जन्मोत्सवको अवसरमा फाउन्डेसन पर्साले आइतबार बिहान मानवसेवा आश्रम बीरगंजमा रहेका लक्ष्मीनारायण र बालगोपालहरुलाई खाना खुवाउने कार्यक्रम रहेको छ भने सोमबार ठाकुरराम बहुमुखी क्याम्पस बीरगंजमा वृक्षारोपण गर्ने कार्यक्रम रहेको फाउन्डेसनका कोषाध्यक्ष मनोहर साहले जानकारी गराए ।
फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुद्दीनको अध्यक्षतामा भएको फलफूल वितरण कार्यक्रममा नेपाली कांग्रेसका मधेस प्रदेश महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठ ,जिल्ला सभापति जनार्धन सिंह क्षेत्री ,उपसभापति अशोक साह कानु, महाधिबेशन प्रतिनिधिहरू श्याम पटेल,दीना प्रसाद गुप्ता,मिंटू देबि सिंह, क्षेत्रीय सभापति अरबिन्द गुप्ता ,पूर्व जिल्ला सह सचिव रोशन लामीछने , नेताहरु श्याम पोखरेल,धुर्व नेपाल,संतोषी देवि खतिवड़ा,रूपा श्रेष्ठ,नगर उपसभापति संतोष गुप्ता, सहसचिव दीपक कुमार साह कानु, शेख निजामुदिन,फाउण्डेशनका सदस्य हरिंद्र यादव,जितेंद्र सिंह,प्रीति सिंह, निजामती कर्मचारी संघका प्रदेश सचिव गौरी शंकर गुप्ता लगायतका नेता कार्यकर्तहरुको सहभागिता रहेको फाउण्डेशनका सचिव धीरज गुप्ताले जानकारी दिए ।