विचार/ब्लग

समाजकोलागि सवै कुरालाई पर सारेर हामीले नै मिलेर काम गर्नु अनिवार्य

१९ असार, काठमाण्डौ । प्रा. डा. नृसिह खत्री /मैले मेरा विशिष्ट तथा कनिष्ट चाइनिज तथा भारतीय मित्रहरु दुवैसंग मिलेर काम गरेको मेरो फरक फरक अनुभव यो छ कि यी दुवैले आफ्नो व्यापार तथा कमाउनकालागि नेपालमा अवसर खोजी गरिरहेको देखिन्छ । उनीहरुको देशका विशिष्ट विद्वानहरुले पनि उनीहरुको नै जनता तथा देशको हित हुने गरी विचार निर्माण गरीरहेका देखिन्छन । नेपाल उनीहरुको लागि जीवनको स्वर्ग भएको छ, भन्दारहेछन पनि । नेपालीभित्र काम गर्दा यहाँको कर्मचारी वर्गसंग मिलेपछि सवैकाम बनाउँदा रहेछन । उनीहरु औशत नेपाली भन्दा धेरै चलाख रहेछन र अघि बढन तथा पछि हटन पनि जान्दा रहेछन । उनीहरुले नेपालको राजनीति दलका नेता र दलका जिम्मेवारहरुलाई हात लिदारहेछन उनीहरुको जालोबाट काम बनाउदा रहेछन । यसबाट सवै नेपालीहरु धेरै होसियार भएर, रहेर आफ्नो देश, माटो र तथा समाजको लागि सवै कुरालाई पर सारेर भएपनि मिलेर हामीले नै काम गर्न अनिवार्य देखिन्छ ।
जिम्मेवार नेताबाट हुने फरक के हो त ?
नेता जिम्मेवार, इमान्दार भिजनवाला भएमा मात्रैपनि दलले धेरै माथिल्लो तहको काम गर्न सक्दछ जसरी परिवारमा अभिभावक असल कुशल र निष्पक्ष भएर परिवार चलाउदा त्यो परिवारले निकै प्रगति उन्नति गर्दछ । यो सामाजिक विकासको पनि नियम नै हो । जस्तो वाबा आमा उस्तै छोरा छोरी, जस्तो गुरु उस्तै चेला भन्ने त उखान नै देखिन्छ । यसलाई मानिएकै छ । नेता वा अभिभावक धेरै भ्रष्ट, सत्ता लोलुप र चरित्रहीन भयो भने त्यो देश वर्वाद गर्दछ । नेताले छलवलबाट शासन सत्तालिएर पनि त्यसको दुरुपयोग मात्रै गर्दछन, कुनै काम लाग्ने प्रतिफल ल्याउन वा दिन सक्दैनन् ।


विधिको के महत्व हुन्छ त ?
संस्था, दल, परिवार वा सगठनमा विधिमा चलेर काम गरेपछि वाधा अडकाउ फुक्छ । सो सस्थाने निरन्तर नित्य काम गरी रहेपछि उभो लाग्दछ, माथि जान्छ । यसमा समयको हावा चाहि समुहमा काम गर्ने छ, तर कोही कोही चाहि व्यक्ति व्यक्ति भनेर हावामा रमाएर समय, श्रोत खेर फाल्दछन । त्यो पनि अवस्था आउदछ तर त्यसले लामो समयसम्म काम दिदैन । किनभने व्यक्ति र शक्तिको बीचमा यही अन्तर देखिन्छ । यी दुवै फरक फरक हुन र विज्ञानको पनि नियम यही नै हो ।
आम नेपालीहरु जीवनकालागि, समाजकालागि, प्रदेश तथा क्षेत्रकालागि राष्ट्रकालागि पनि ज्ञानी तथा मिहीनेति श्रम र पौरखी भएर काम गरी बैभवशाली, सम्पन्न र धनी बन्नै पर्दछ । वर्तमान अवस्थामा सरकारले ल्याएको वजेट, त्यसमा भएको शीर्षकहरु, त्यसको कार्यान्वयनको नीति र सम्भावना अध्ययन गर्दा यो विश्व बैङ्कको मोडल, प्राथमिता र क्षेत्र बमोजिम सरचना भएको जस्तो देखिन्छ । त्यसको सही कार्यान्वयन गर्नलाई हाल निर्वाचित स्थानीय सरकार र यसका जन प्रतिनिधीहरु काविल, कियाशील हुनु आवश्यक देखिन्छ । यसमा सरकारपनि होसियार चनाखो हुन आवश्यक छ । हामीले सरकारी संस्था, निकायहरु सरचनाहरुलाई सवल, सक्षम तथा प्रभावकारी बनाउन पर्दछ । नेपालको हित भलो र उन्नति चाहनेलाई प्रोत्साहन दिनकालागि सानो भएपनि काम गरिरहनु पर्ने देखिन्छ ।
अभिभावक, सरक्षण तथा हेरचाह त कमजोर व्यक्ति वर्ग, तह, क्षेत्रलार्ई चाहिन्छ । सरकारपनि अभिावक नै हो । सरकारले कमजोरलाई समर्थन, रेखदेख सेवा तथा समपोषण गर्नु पर्दछ । सरकार जहिलेपनि सवल तथा सक्षमबाट रोजेर निर्माण हुन्छ । पशु पंक्षी जनावरहरुको पनि अगुवा नेता रोज्दा उनीहरुले सवल, सक्षम र जवानलाई रोज्दछन, जो जो अरुसग लडभिडै गरी आपनो दल वललाई जोगाउन सक्दछन । यसकालागि विवशता भन्ने शुत्रले काम गरी रहन्छ जो वि-विचार, व-वल, श-शक्तिको ता-तालमेल चाहिन्छ । तालमेल गरी रहनु पर्दछ । नेताले आफ्नो नेतृत्व गरी हाँकेर सगठन भित्रमा के कति र कस्ता विचार तथा वल शक्तिको तालमेल भइरहेको छ कि छैन भन्ने सधै हेर्न र मिलाउन पनि आवश्यक देखिन्छ । यो सगठनात्मक व्यवस्थापनाको काम कुरा हो । “व्यवसाय, व्यवसायित्मिका कला, संस्थान, व्यवस्थापन” हाम्रो आयावर्त नेपाल र नेपालीको वैदिक चिन्तनको आविष्कार हो । यसमा हाम्रो अधिकार छ ।