राजनीति

परराष्ट्रमन्त्री खड्काको बचनः बाढीपहिरोबाट बचाउन सरकार सधैं जनताको साथमा हुन्छ

१९ असार, गाईघाट । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् परराष्ट्र मन्त्री डा नारायण खड्का आज कोशी बाढीपीडीत क्षेत्रको भ्रमण गरेका छन् ।
उदयपुरका प्रत्यक्ष निर्बाचित साँसदसमेत रहेका डा खड्काले अविरल वर्षाको कारणले सप्तकोसी नदिमा पानीको वाहक बढेसंगै बेलकाको विभिन्न ठाउँ र बस्तीमा उच्च जोखिममा परि जनता आतंकित भैरहेको बेलामा उक्त क्षेत्रको भ्रमण गर्नु स्थानीयले स्वागतयोग्य भनेका छन् ।

परराष्ट्र मन्त्री खड्का उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, तीन वटा सुरक्षा निकायका प्रमुख, बेलका नगरपालिकाका प्रमुख र उप प्रमुख, वडा अध्यक्ष लगायत सरोकारवाला हरुको सबै निकाएका प्रमुखहरुको उपस्थितिमा स्थलगत अनुगमनमा थिस्किए ।

मन्त्री खड्काले उदयपुरबाटै निर्बाचित साासद पनि भएकाले आफुले स्थानीय बाढीपीडितको मार्का बुझेको र समस्या समाधानका लागि कुनै पनि कदम बाँकी नराख्ने बताएका छन् ।
सुनसरी, उदयपुर, सप्तरीलगायत देशका बिभिन्न भागमा बाढी, पहिरोले जनतालाई सास्ती दिईरहेका बेला सरकार जनताका समस्या समाधानमा सधैं हातेमालो गरेर अगाडी बढ्ने दृढता ब्यक्त गरेका छन् ।