आर्थिक

“आइएमई पे” र “स्मार्ट क्यू आर” वीच सम्झौता, बीगमार्टमा रु. २५०० सम्मको छुट

२० असार, काठमाडा । आइएमई ग्रुपद्वारा संचालित “आइएमई डिजिटल सोलुसन लिमिटेड” द्वारा प्रवद्र्धित आइएमई पे र एससिटीद्वारा संचालित स्मार्ट क्यूआरवीच साझेदारी सम्बन्धि सम्झौता भएको छ ।

सम्झौता अनुरुप बीगमार्ट सुपर मार्केटको सम्पुर्ण आउटलेटमा विशेष रूपमा आइएमई पे एप मार्फत स्मार्ट क्यूआर स्क्यान गर्दा १५ प्रतिशत छुट (अधिकतम रू. तीन सय सम्म) पाउन सक्नेछ ।
डिजिटलाइज नेपालतर्फ सँगै अगाडि बढ्ने संकल्प व्यक्त गर्दै यस योजनाका लागि आइएमई पे र स्मार्ट क्यूआरले सहकार्य गरेका हुन् । कम्पनीहरूले यो योजनाले प्रयोगकर्ताहरूको व्यापक दायरालाई डिजिटल भुक्तानी विधिहरूतर्फ लाग्न प्रोत्साहित गर्ने विश्वास राखेको छ ।
साझेदारी अवधिभर निश्चित नियम र सर्तहरू अन्तर्गत प्रत्येक प्रयोगकर्ताले १५प्रतिशत छुट (अधिकतम रू. तीन सय सम्म) प्राप्त गर्न सक्ने र सोही अवधिभर प्रत्येक लेनदेन मा प्रयोगकर्ताले जम्मा रकम रू.पच्चिस सय सम्मको छुट प्राप्त गर्न सक्नेछ ।