आर्थिक

लाजिम्पाटमा मेगा बैंकको नयाँ शाखा

२० असार, काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको लाजिम्पाटमा सोमबार नयाँ शाखा विस्तार गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २ सय ८ औं शाखा हो ।

यो संगै मेगा बैंकको काठमाडौं उपत्यकाभर ४६ शाखा कार्यालय छन् ।