आर्थिक

पेट्रोलमा २ रुपैयाँ र डिजेलमा ९ रुपैयाँ मूल्यबृद्धि गर्ने आयल निगमको निर्णय

२० असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिकतर्फको हवाइ इन्धनमा पुनः मुल्यबृद्धि गरेको छ ।
केहीदिन अगाडी कर हटाउँदै सरकारले मूल्यबृद्धि घटाएको भएपनि आज आयल निगमले पेट्रोलमा प्रति लिटर दुई रुपैयाँ, डिजेलमा प्रतिलिटर ९ रुपैंयाँ र हवाई इन्धनमा प्रति लिटर ५ रुपैयाँ मूल्यबृद्धि गरेको हो ।
मूल्यबृद्धिका कारण जनता मारमा परिरहेका बेला अनावश्यक कर हटाई मूल्यबृद्धि नियन्त्रण गर्नुको सट्टा निगमले आज पुनः मूल्य बृद्धि गरेको छ । आज राती १२ बजेदेखी बृद्धि भएको मूल्य लागू हुने निगमले जनाएको छ ।

मूल्य बढेसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १८१, डिजेलरमट्टितेलको रु १७२ र हवाई इन्धन )आन्तरिक) को मूल्य प्रतिलिटर रु १९० पुगेको छ । निगमले हवाई इन्धन (बाह्य) र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखेको छ ।

इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएको छ । पेट्रोलियम पदार्थको लागत मूल्य निरन्तर बढिरहेको र खरिदबापत भुक्तानी गर्नुपर्ने वक्यौता बढ्दै गएको निगमले जनाएको छ । यही असार २४ गतेसम्म आइओसीलाई तिर्नुपर्ने बक्यौता रु ३० अर्ब पुग्ने निगमको प्रक्षेपण छ ।