२२ असार, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बजेट निर्माणको बेलाको बिषय समेतलाई जोडेर संसद र आमजनमानसको गंभीर चासोको बिषय बनी सकेपछि यो बिषयलाई बिश्वासिलो तरिकाले समाधान गर्न संसदिय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठिक हुने बताएका छन् ।
उनले ट्वीट गर्दै अर्थमन्त्री जनार्दन शर्मा बिरुद्ध सीसी क्यामेरा मुद्धाका बिषयमा बिबाद आईरहेका बेला बिगतमा पनि संसदको यस्तो परम्परा छ, बरु ढिलो नगरौ आजै टुङ्गो लगाउँ भन्ने सल्लाह दिएका छन् ।
