लुम्बिनी

राप्ती नदीमा नुहाउने क्रममा एक जना बेपत्ता

२२ असार, नेपालगञ्ज । बाँकेमा राप्ती नदीमा नुहाउने क्रममा आज एक जना बेपत्ता भएका छन् । राप्तीसोनारी गाउँपालिका–५ गोरधुईका २६ वर्षीय नरबहादुर कामी राप्ती नदीमा नुहाउने क्रममा वडा नम्बर ५ इन्टेक नजिकैबाट बेपत्ता भएका हुन् । बेपत्ता भएलगत्तै उनको खोजी कार्य सुरु गरिएको इलाका प्रहरी कार्यालय धामपुरले जनाएको छ ।