लुम्बिनी

वेवारिसे भरुवा बन्दुक प्रहरी नियन्त्रणमा

२३ असार, रुकुम(पूर्व) । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जिल्लाका विभिन्न ठाउँबाट बेवारिसे अवस्थामा रहेका १० थान भरुवा बन्दुक नियन्त्रणमा लिइएको छ ।

कार्यालय सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण खत्रीले विभिन्न सूचनाका आधारमा बन्दुक नियन्त्रणमा लिएको बताए ।