अन्तर्राष्ट्रिय

बेलायती प्रधानमन्त्री जोनसोन पद त्याग्न सहमत

२३ असार, लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार प्रधानमन्त्री पदबाट राजीनामा दिन सहमति जनाएका छन्।

उनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै केही मन्त्री र सहयोगीहरूले राजीनामा दिएपछि उनी पनि राजीनामा दिन सहमत हुनुपरेको हो ।

उनलाई राजीनामा दिन चौतर्फी दबाब परेको थियो । उनीप्रति असन्तुष्टि जनाउदै उनको मन्त्रीपरिषद्का सदस्य र सल्लाहकार तथा सहयोगीसहित ५० जनाले राजीनामा दिएका थिए । त्यसपछि उनलाई राजीनामा दिन थप दबाब परेको हो ।

उनकै कारणले विदेश मन्त्री लिज ट्रसले जी–२० समूहको विदेश मन्त्री स्तरीय बैठकमा सहभागी हुने कार्यक्रम पनि रद्ध गरेका छन् ।

विदेश मन्त्री ट्रसलाई कन्जरभेटिभ पार्टीको प्रभावशाली उदियमान र प्रतिस्पर्धी नेताका रूपमा हेरिएको छ । प्रधानमन्त्री जोनसनलाई दबाबमा पार्ने गरी राजीनामा दिएकाहरूले राष्ट्रको हितलाई ध्यान दिँदै आफूहरूले पदबाट राजीनामा दिएको बताएका छन् ।

५८ बर्षीय जोनसनले झण्डै तीन बर्ष प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । उनी कन्जरभेटिभ पार्टीका प्रमुख पनि छन् । उहाँलाई सो पदबाट पनि राजीनामा दिन दबाब परेको छ ।

उनले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएपछि नयाँ नेता छनौट गरिने छ । नयाँ नेता छनौट नहुँदासम्म उनले नै प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेछ । उनले अक्टोबरसम्म नै जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था आउने देखिएको छ ।