राजनीति

उपसभापति गुरुङको आह्वानः श्रीलंकाको जस्तो आर्थिक टाँट आउनबाट बचाउन सबै एकजुट भई लागौं

२५ असार, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले नेपालमा पनि आर्थिक संकट द्रुतगतिमा बढिरहेकोले समयमै सुधार्न सकेनौं भने श्रीलंकाको जस्तै दुराबस्था नआउला भन्न सकिन्न भन्ने आँकलन गरेका छन् ।
उपसभापति गुरुङले श्रीलंकजस्तो हुनबाट मुलुकलाई बचाउन राजनैतिक दाउपेचका कुरा छाडौं, सबै मिलेर सम्भावित आर्थिक संकटबाट मुलुकलाई बचाउने उपाय खोजौं भन्ने आह्वान पनि गरेका छन् ।
उपसभापति गुरुङले सामाजिक सञ्जानल फेसबुकमा स्टाटस् लेख्दै उक्त कुरा बताएका हुन् ।
पछिल्लो समय श्रीलंकामा भएको आर्थिक संकटका कारण राष्ट्रपति र प्रधानमनत्रीको राजीनामा जनताबाटै माग्न थालीएको अवस्था नेपालमा पनि आउन सक्ने आँकलन गर्दै नेपालमा उक्त अवस्था नआओस भन्दै उपसभापति गुरुङ चिन्तित भएका हुन् ।
उनको स्टाटस्ः
श्रीलंकामा प्रदर्शनकारीले राष्ट्रपति भवन घेरेको समाचार पढियो।
नेपालमा पनि आर्थिक संकट द्रुतगतिमा बढिरहेकोले समयमै सुधार्न सकेनौं भने श्रीलंकाको जस्तै दुराबस्था नआउला भन्न सकिन्न।
तसर्थ राजनैतिक दाउपेचका कुरा छाडौं। सबै मिलेर सम्भावित आर्थिक संकटबाट मुलुकलाई बचाउने उपाय खोजौं।