राजनीति

उपसभापति गुरुङको मागः नेताको नाममा खोलेका ट्रष्टमा राज्यकोषबाट ब्रम्हलुट गर्ने काम भयो, तत्काल रोकियोस्

२६ असार, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले नेताहरुको नाममा खोलेको ट्रष्टरफाउन्डेसनहरुमा राज्यकोषबाट बजेट हाल्ने र ब्रम्हलुट गर्ने काम भइरहेको छ। यो भ्रष्टाचार हो। रोक्नु पर्छ।’ भनेका छन् ।
उनले सुशील कोइराला सभापति भएकै बेलामा आफूले यता खराब प्रबृतिहरु रोक्न आग्रह गरिसकेको स्मरण गराउँदै यो प्रबृत्ति झनै बढेको छ। श्रीलंकाको घट्नाबाट अचेत नेताहरुको चेत खुलोस् भनेका छन् ।

उपसभापति गुरुङको स्टाटस्ः सुशील कोइराला सभापति भएकै बेलामा मैले केन्द्रीय समिति बैठकमा भनेको थिएँ ‘नेताहरुको नाममा खोलेको ट्रष्टरफाउन्डेसनहरुमा राज्यकोषबाट बजेट हाल्ने र ब्रम्हलुट गर्ने काम भइरहेको छ। यो भ्रष्टाचार हो। रोक्नु पर्छ।’
तर यो प्रबृत्ति झनै बढेको छ। श्रीलंकाको घट्नाबाट अचेत नेताहरुको चेत खुलोस्।