सूचना प्रविधि

नेताका परिवारका नाममा ट्रस्ट, स्मृति पार्क निर्माण गर्न बजेट बिनियोजन गर्नु गलत प्रवृत्तिको उपजः डा संग्रौला

२७ असार, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा डिला संग्रौलाले नेताका परिवारका नाममा ट्रस्ट देखी स्मृति पार्क निर्माण गर्न बजेट बिनियोजन गर्नु प्रदेश मुख्य मन्त्रीको गलत प्रवृत्तिको उपज भएको बताएकी छन् ।
उनले सामाजिक सञ्जालमा स्टाटस् गर्दै देशमा आर्थिक संकट चुलिएको बेला पुर्ब पदाधिकारी लाई सेवा सुविधा ? भन्दै उक्त कार्यको बिरोध गरेकी हुन् ।
नेतृ डा संग्रौलाले आमनागरिक को घरमा चुलो बल्न गाह्रो परेको बेला यस्ता क्रियाकलापले जनतालाई समृद्धिसंग जोड्न सक्दैन भनेकी छन् । उनले यस्ता गलत प्रबृतिका बिरुद्ध खबरदारी गरौं भन्दै सार्बजवनिक आह्वानसमेत गरेकी छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पौडेलले छुट्याएको करोडौंको बजेटको ब्यापक बिरोध भईरहेका बेला डा संग्रौलाले पनि आफ्नो उपस्थिति देखाएकी छन् ।

उनको स्टाटस्ः देशमा आर्थिक संकट चुलिएको बेला पुर्ब पदाधिकारी लाई सेवा सुविधा, नेताका परिवारका नाममा ट्रस्ट देखी स्मृति पार्क निर्माण गर्न बजेट बिनियोजन गर्नु प्रदेश मुख्य मन्त्रीको गलत प्रवृत्ति को उपज हो । आमनागरिक को घरमा चुलो बल्न गाह्रो परेको बेला यस्ता क्रियाकलापले जनतालाई समृद्धिसंग जोड्न सक्दैन । खबरदारी गरौ !!!