२७ असार, काठमाडौं । नेपाली काँग्रेस डा शेखर कोईराला समूहका बिद्यार्थीहरुले नेविसंघ, तरुण दललगायतका भातृसंस्थाहरुलाई तत्काल पूर्णता दिन माग गर्दै आज काँग्रेस केन्द्रीय कार्यालय सानेपामा खबरदारी कार्यक्रम गर्ने भएका छन् ।
भातृसंस्थाको तत्काल बैधानिक पूर्णता हाम्रो सरोकार!
नेपाली कँँग्रेसभित्र समान र न्यायपूर्ण प्रतिनिधित्व हाम्रो अधिकार भन्ने नाराका साथ पार्टी नेतृत्वलाई दबाब दिन उक्त कार्यक्रम राखिएको बताईएको छ ।
उक्त दबाब समूहमा परिवर्तनकारी बिधान कार्यान्वयन पक्षधर समूहको तर्फबाट सम्पूर्ण भातृसंस्थाहरु भनिएको छ । नेपाली कँँग्रेसले नेबिसंघ, नेपाल तरुण दललगायतका संयोजक तोकेपनि त्यसको समितिले पूर्णता नपाएको भन्दै भातृसंस्थाका नेताहरु आक्रोशित हुँदै आज केन्द्रीय कार्यसमिति बैठक बसेकै दिन पार्टी केन्द्रीय कार्यालयमा बिरोध कार्यक्रम राखेका छन् ।

