राजनीति

प्रदीप पौडेलको प्रश्न: महाप्रसाद गभर्नर हुन् भने एमालेका एम अधिकारी को हुन् ?

२९ असार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले महाप्रसाद गभर्नर हुन् भने एम अधिकारी को हुन् ? भनेर प्रश्न गरेका छन् ।
उनले नेकपा एमालेको आर्थिक बिभाग सदस्यमा गभर्नर महाप्रसाद अधिकारी बसेको बिषयमा प्रश्न गर्दै एमालेले प्रश्न गर्नुपर्ने बिचार ब्यक्त गरेका छन् ।
उनले कार्यकर्ता भएर ल्याइने मौद्रिक नीतिले लक्ष्य भेटाउन सक्दैन, यो तथ्य पछिल्लो एमाले सरकारको काम हेरेर पुष्टि हुन्छ भनेका छन् ।
नेता पौडेलले चुलिँदो आर्थिक तरलतालाई फास्ट ट्रयाकमा हल गर्न र नागरिकका दैनिक समस्या सम्बोधन गर्न लचक हुनुपर्ने बिचार ब्यक्त गरेका छन् ।
नेकपा एमालेले खोटागंका एम अधिकारीको नाममा आर्थिक बिभाग सदस्यमा गभर्नर महाप्रसाद अधिकारीलाई मनोनयष्न गरेको भन्दै पछिल्लो समयमा बिबमद आईरहेको बेला नेता प्रदीस्प पौडेलले कडा प्रश्नसहित आफ्नो धारणा राखेका छन् ।
उनको ट्वीटः
महाप्रसाद गभर्नर हुन् भने एम अधिकारी को हुन् ? एमालेले सार्वजिक गरोस्। कार्यकर्ता भएर ल्याइने मौद्रिक नीतिले लक्ष्य भेटाउन सक्दैन, यो तथ्य पछिल्लो एमाले सरकारको काम हेरेर पुष्टि हुन्छ। चुलिँदो आर्थिक तरलतालाई फास्ट ट्रयाकमा हल गर्न र नागरिकका दैनिक समस्या सम्बोधन गर्न लचक हुनुपर्दछ।