राजनीति

कमल थापाले सर्बोच्चमा ‘‘गाई’’ माग्दै भोलि आफै बहस गर्ने

३० असार, काठमाडौं । राप्रपा नेपालले चुनाव चिन्ह ‘‘गाई’’ माग्दै सर्बोच्च अदालतमा आज मुद्दा दायर गरेको छ । आज दर्ता भएको रिट निवेदन माथी सुनवाइ हुने भएको छ । मुद्दाको पेशी भोलि तोकिएको छ । भोलिको पेशिमा बहस गर्न स्वंम अध्यक्ष थापा सर्बोच्च अदालत जाने भएका छन् । यसको जानकारी दिदै थापाले ट्विट गर्दै भनेका छन् – ‘‘संविधान र कानुनले ‘‘गाई’’ चिन्ह निषेध गरेको छैन। विगतमा राप्रपा नेपालले ‘‘गाई’’ लिएर जनतामा गएको सर्वविदित छ। राप्रपा नेपाललाई ‘‘गाई’’ नदिने निर्वाचन आयोगको निर्णय कानुन विपरीत र स्वेच्छाचारी छ। यस सम्बन्धि मुद्दाको भोलि पेशि छ। म आफै वहस गर्न जानेछु। सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास छ’’ ।