९ साउन, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसईई विद्यार्थीहरुलाई एसइइ २०७८/७९ को नतिजा हेर्नको लागि एसएमएस सेवा उपलब्ध गराउन स्प्यारो एसएमएससँग सम्झौता गरेको छ ।एसईई विद्यार्थीले एसएमएस मार्फत एसइइको नतिजा हेर्न सक्नेछन् ।
स्प्यारो एसएमएस आधिकारिक एसएमएस सेवा प्रदायक हो र एक दशक देखि प्रत्येक वर्ष एसईईको नतिजा प्रकाशित गर्दै आएको छ। यो साझेदारीसँगै अब नेपालभरका एसईई विद्यार्थी र अभिभावकहरूले सजिलै र सहज रूपमा एसएमएस मार्फत आफ्नो एसईई नतिजा हेर्न सक्नेछन्। विद्यार्थी र उनीहरूको नतिजा बीचको दूरी कम गर्ने उद्देश्यका साथ, स्प्यारो एसएमएसले परीक्षाको नतिजा सीधै मोबाइल फोनमा उपलब्द गरौछ। विगत १० वर्षदेखि देशभरका विद्यार्थीहरूले यस सेवाबाट लाभान्वित हुँदै आएका छन् ।
जानकी टेक्नोलोजी (स्प्यारो एसएमएस)का मुख्य कार्यकारी अधिकारी, मनोज थापा भन्छन्, “केहि सेकेन्ड भित्र आफ्नो मिहिनेतको नतिजा थाहा पाउनु जो कोहीका लागि पनि उत्साहजनक र रोमाञ्चक अनुभव हो। स्प्यारो एसएमएस लाखौं विद्यार्थीहरूसँग आफ्नो सेवा मार्फत् यी भावनाहरू साझा गर्न सक्षम भएकोमा गर्व गर्दछ।’’