१६ साउन, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुगं जंगीदै हाम्रो चेत कहिले खुल्ने ? भन्दै प्रश्न गरेका छन् ।
उनले ट्वीट गर्दै भनेका छन्, व्यवस्था गलत हैन। भ्रष्ट, अनैतिक प्रवृत्ति गलत हो।
उपसभापति गुरुगंको स्टाटस् : प्रदेशहरुको सन्दर्भमा केही दिन पहिले भनेको थिएँ जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिंड तर विडम्बना ! सिङ्गै संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै खुर्पाको बिंड बनाउन खोज्दैछौं। व्यवस्था गलत हैन भ्रष्ट, अनैतिक प्रवृत्ति गलत हो । हाम्रो चेत कहिले खुल्ने ?





