लुम्बिनी

पक्की सडक र नाला निर्माण धमाधम

१७ साउन, बाँके । नेपालगञ्जमा सडक र सतही नाला व्यवस्थापनको धमाधम भइरहेको छ । एकीकृत सहरी विकास आयोजना र क्षेत्रीय सहरी विकास आयोजनाले पहिलो चरणमा बाँकी रहेका नेपालगञ्ज बजार क्षेत्रका सडक धमाधम कालोपत्र गरिरहेको छ ।

क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत नगर क्षेत्रका ३६ किलोमिटर सडक कालोपत्र र सतही नाला निर्माण भइरहेको इञ्जिनीयर शैलेन्द्र महर्जनले जानकारी दिए । कम्तीमा ६ मिटरदेखि १२ मिटरसम्म चौडाइको पक्की सडक निर्माण भइरहेको पनि उनले बताए ।

आयोजना अन्तर्गत झण्डै रु एक अर्ब ६४ करोडको लागतमा सडक, नाला निर्माणको जिम्मा कालिका, जेटिटिएसजे/जेभीलाई दिइएको छ । अहिले नेपालगञ्जको सदरलाइन बजार क्षेत्र चौडा बनाउन स्थानीयवासीले धमाधम आफ्नो घर, संरचना भत्काएका छन् ।