१८ साउन, गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले जनतालाई पायक पर्ने ठाउँबाट सेवा दिन थालेर उदाहरणीय कामको सुरुआत गरेका छन् ।
कठिन भूगोल, तल्लो र उपल्लो खण्डमा विभाजित गरेर उनले सेवा दिन थालेका छन्। “२ नं वडाको तल्लो भेगका जनतालाई वडामा सेवा लिन जाँदा दिनभरि लाग्छ, जनताको सहजताका लागि यो कार्यको सुरुआत गरिएको हो”, वडाध्यक्ष कार्कीले भने । साबिकको ज्यामरुककोट गाविस–१ बगरफाँट र ८ र ९ बाहेक अन्य बस्तीका आवश्यक सेवालाई समेत उक्त दिन सदरमुकामबाटै प्रदान गरिने उनको भनाइ छ ।
तत्काल सरकारी कागजातको सुरक्षा र सेवा प्रवाहमा समेत सहज हुने गरी सदरमुकामबाट सेवा दिइए पनि निकट भविष्यमा वडाका सबै बस्तीलाई पायक पर्ने गरी संरचना बनाएर सेवा दिने वडाले जनाएको छ ।