अन्तर्राष्ट्रिय

बस दुर्घटनामा बुल्गेरियामा चार जनाको मृत्यु, आठ जना घाइते

२१ साउन, सोफिया । बुल्गेरियामा शनिबार भएको बस दुर्घटनामा चार जनाको मृत्यु हुनाका साथै अन्य आठ जना घाइते भएका छन् । उक्त दुर्घटना स्थानीय समय अनुसार बिहान करिब २ बजे राजधानी सोफियाबाट २५० किलोमिटर उत्तरपूर्वमा रहेको क्रुशेटो गाउँ नजिकै भएको थियो । रोमानियामा दर्ता भएको बसले सडकको छेउमा रोकिएको कारलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।
बसमा सवार तीन यात्रुको घटनास्थलमै र चौथोको अस्पतालमा मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ । मृतक चार जनामध्ये तीन जना रोमानियाली र एक जना टर्कीका नागरिक थिए ।
उक्त दुर्घटना हुदा कारमा कोही पनि सवार थिएनन् भने बसमा २४ यात्रु र दुई चालक थिए।
दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।