अन्तर्राष्ट्रिय

पाकिस्तानद्वारा इजरायलले गाजामा गराएको घातक हवाई आक्रमणको निन्दा

२१ साउन, इस्लामावाद । पाकिस्तानले गाजा पट्टीमा इजरायलद्वारा गराइएको घातक हवाई आक्रमणको कडा निन्दा गरेको छ । प्रधानमन्त्री शाहबाज सरिफले ट्विट गर्दै सो घटना बारे कडा टिप्पणी गरेका हुन् । इजरायली आतङ्कवादीहरुले शनिबार गाजामा पाँच वर्षीया बालिका सहित १० प्यालेस्टिनीको हत्या गरेका छन् । प्रधानमन्त्रीले ‘यदि दण्डहीनता र बर्बरताको अनुहार हुने हो भने त्यसको प्रतिबिम्ब इजरायल नै हुने’ बताएका छन् ।
साथै गाजा पट्टीमा सक्रिय इस्लामवादी सङ्गठन प्यालेस्टिनी इस्लामिक जिहाद विरुद्ध इजरायली सेनाले गरेको बमबारीमा शुक्रबार कम्तिमा १० प्यालेस्टाइनीको मृत्यु हुनाका साथै अन्य ५५ जना घाइते भएका छन् ।