२५ साउन, काठमाडौँ । परराष्ट्र मन्त्रालयको विशेष अनुरोधमा, हिमालय एअरलाइन्स्ले माननीय परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक भ्रमणका लागि साउन २४ गते चीनको छिङदाओ (सिङ्ताओ) जाने एक विशेष कूटनीतिक चार्टर उडान सञ्चालन गर्ने विशेषाधिकार प्राप्त गरेको थियो ।
परराष्ट्र मन्त्रालयका पदाधिकारीहरूको एघार सदस्यीय प्रतिनिधिमण्डल लिएर हिमालयको एअरबस A319, 9N AJK को उडान नं. H9 ७२२० ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो राति ११.०७ बजेमा प्रस्थान गरिएको थियोे र छिङदाओ लिउटिङ अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ७.५५ बजेमा अवतरण गरिएको छ ।
छिङदाओको दुईदिने औपचारिक भ्रमणपछि साउन २६ मा अपरान्ह ३.०० बजे प्रस्थान गर्ने उडान ज्ढ ७२२१ मार्फत प्रतिनिधिमण्डलका सदस्यहरु फर्किनेछ र सोहि दिन अपरान्ह ४.५० मा काठमाडौं आइपुग्ने अपेक्षा गरिएको छ ।
सन् २०२० मा फैलिएको कोभिड–१९ को महामारीका कारण नेपाल र चीनबीचको हवाई यात्रा दुबै देशले लागु गरेका विभिन्न यात्रा प्रतिबन्ध पश्चात ठप्प भएको थियो । यद्यपि, महामारी नियन्त्रण भएर जनजीवन सामान्यतातर्फ फर्किएपछि, हिमालयले मे ३१, २०२२ बाट चीनको कुनमिङ जाने आफ्नो निर्धारित उडान तालिका सञ्चालन गर्दै साप्ताहिक रुपमा एउटा उडानका साथ सेवा सुरु गरेको थियो ।
काठमाडौंबाट छिङदाओका लागि सीधा उडान तालिका नभएकाले एअरलाइन्स्ले आवश्यक सबै अनुमति लिएर यो विशेष चार्टर उडान सञ्चालन गरेको हो ।