२६ साउन, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै १९ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८.९६ अङ्कले ओरालो लागेर दुई हजार ३७.९२ मा सीमित भएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.०८ अङ्कले ओरालो लागेर तीन सय ९१.६७ मा सीमित भएको छ । कूल दुई सय २३ कम्पनीको ६२ लाख ९८ हजार छ सय ३८ कित्ता शेयर रु एक अर्ब ७६ करोड १० लाख २३ हजार ३९ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको मात्रै वृद्धि भएको छ । सो उपसमूहको मूल्यमा ०.०७ अङ्कले वृद्धि भयो । बैंकिङ ३.०२, व्यापार ०.११, होटल तथा पर्यटन ५०.०१, विकास बैंक ५७.३३, जलविद्युत् ३१.७८, वित्त ४०.१७, निर्जीवन बीमा ६३.७८, उत्पादन ८२.१८, अन्य ३० दशमलव नौ, लघुवित्त ३३ दशमलव ९४, जीवन बीमा ६७ दशमलव ८२ र लगानी १दशमलव २४ अङ्कले ओरालो लागेको छ ।
आजको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब १० अर्ब ४२ करोड ८१ लाख छ हजार पाँच सय ७३ बराबर कायम भएको छ । नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु सात करोड २७ लाख ९४ हजार सात सय ३७ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु छ करोड १२ लाख १५ हजार एक सय ९२, नेष्डो समृद्धि लघुवित्त रु पाँच करोड ४६ लाख ९७ हजार पाँच सय ९२, हिमालयन एभरेष्ट इन्स्योरेन्स रु चार करोड ६१ लाख ५१ हजार चार सय चार र नबिल बैंक रु चार करोड ५१ लाख १५ हजार तीन सय ५१ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार हिमालयन हाइड्रोपावर ९.९९, अप्पर हेवाखोला हाइड्रोपावर ९.९८, एनआइसी एशिया सेलेक्ट फण्ड ४.२१, दोर्दी खोला जलविद्युत् कम्पनी ३.८२ र जाल्पा सामुदायिक लघुवित्तका लगानीकर्ताले ३.५९ प्रतिशतले कमाएका छन् । युनिलिभर नेपाल आठ.२३, बुद्धभूमि नेपाल हाइड्रोपावर ७.५६, हिमालयन एभरेष्ट इन्स्योरेन्स ५.९४, समृद्धि फाइनान्स कम्पनी ४.९७, सामलिङ पावर कम्पनीका लगानीकर्ताले ४.८७ प्रतिशतले गुमाएका छन् ।