समाचार

वाई वाईसंगको संयोजनमा ग्लोकल टीन हिरो नेपाल अन्तर्गत २० अन्डर २० को सूची सार्वजनिक


२९ साउन, काठमाडौं । वाई वाई ग्लोकल टीन हिरो नेपाल आठौं संस्करणनमा आवेदन दिने प्रतिभावान किशोरकिशोरीबाट उत्कृष्ट २० जना छनोट गरिएको छ ।

समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मान गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको जनाइएको छ । उनिहरुलाई ग्लोकल २० अन्डर २० भनी पहिचान गरिएको छ र उक्त सुची सामाजिक सन्जाल मार्फत सार्वजनिक गरिएको हो । देशभरि बाट आएको ६४८ आवेदनबाट यी किशोर किशोरीहरु छानिएका हुन् ।
२० अन्डर २० किशोरकिशोरीहरु समाजसेवा, बालअधिकार, कृषि, मिडिया, पत्रकारिता, विज्ञान, साहित्य, प्रविधि र उद्यमशीलता, बातावरण संरक्षणजस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन । ग्लोकल प्रालीका कार्यकारी निर्देशक आशिष ठाकुरले भने, “हरेक नयाँ बर्षसंगै नयाँ प्रतिभावान किशोर किशोरीहरु ग्लोकलसँग जोडीने गर्छन् । नेपालभरीबाट विभिन्न क्षेत्रमा सकृय रुपमा काम गर्दै आएका यि प्रतिभाशाली किशोरकिशोरीहरुको छनोट तथा पहिचन गराउन पाउदा हामी उत्साहित छौं ।”

यस वर्षका उत्कृष्ट किशोर किशोरीको सुचीमा आमोद पौडेल, आशिष शाह, विधाता पाठक, विमर्ष पौडेल, बिनिता ढकाल, विष्णुकुमार शाह, दर्शना रिजाल, गंगा साह, कुणाल साह, लकी साह, निश्चल सिंह विष्ट, पृथका श्रेष्ठ, अभियन्ता, राहुल मण्डल, राहुल रञ्जन शाह, रञ्जन शंकर, सम्पन्न ज्योति तुलाधर, समृद्धि देव, संस्कृति दुवाडी, सर्वज्ञ भट्टराई र सृजना गौतम रहेका छन् ।

साथै उत्कृष्ट ६ को घोषणा अगस्ट १९ तारिकमा हुने बताईको छ । चयन भएका युवाहरुको सम्मान वाई वाई ग्लोकल टिन हिरोको सेप्टेम्बर १, २०२२ मा हुने अवार्ड महोत्सब र सम्मेलन मार्फत हुने भएका छन् ।
देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन बिभिन्न सँघसंस्थाहरु साझेदारका रुपमा जोडीएको छ । ग्लोकल प्रा लिले शीर्षक साझेदारको रूपमा वाई वाईसँग साझेदारी गरेको छस रणनीतिक साझेदारको रूपमा बागमती प्रदेश, भारतीय दूतावास, युरोपेली संघ र संघीय गणतन्त्र जर्मनीको दूतावास काठमाडौंस पार्ट्नरका रुपमा होन्डा, कोका कोला, डब्ल्यूडब्ल्यूएफ नेपाल, टोयोटा, पंचकन्या ग्रुप, द् ब्रिटिश कलेज, काठमाडौं वर्ल्ड स्कूल, रियल, यमआइ र डिश होमस इन्टरनेट साझेदारको रूपमा लूप नेटवर्कसस मिडिया पार्ट्नर, द हिमालयन टाईम्सस आधिकारिक होटल साझेदारको रूपमा द् सोल्टी काठमाडौस आतिथ्य पार्टनरमा कोजी होम बीएन्डबी, सिद्धार्थ बिजनेश ग्रुप अफ हसपीट्यालीटीस एयरलाइन्स पार्टनरः टर्किर्श एयरलाइन्स, विस्तारा र यति एयरलाइन्सस शिक्षा पार्ट्नरमा किङ्स कलेज र विद्या संस्कार स्कूल र समर्थकमा ईसेवा, रुटिन अफ नेपाल बन्द, क्विक्स र भ्यू योर चोइस रहेका छन ।