अन्तर्राष्ट्रिय

सडक दुर्घटनामा इन्डोनेसियामा पाँच जनाको मृत्यु, चार घाइते

२९ साउन, जाकार्ता । पश्चिमी जाभाको सुकाबुमी रिजेन्सीबाट आइतबार सियानजुर जानेक्रममा गहुँ बोकेको ट्रकको ब्रेक फेल हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
उक्त ट्रकले पहिले सडक छेउमा पार्क गरिएका दुईवटा कारलाई र त्यसपछि विपरीत दिशाबाट आएका अन्य तीनवटा मोटरसाइकल र केही पैदल यात्रुलाई समेत ठक्कर दिँदै घरको बारमा ठोक्किएर पल्टिदा उक्त दुर्घटना भएको सियानजुरका प्रहरी प्रमुख डोनी हर्मावानले उल्लेख गरेका छन् । दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक र पैदलयात्री रहेको हर्मावानले बताएका छन् । मृतक र घाइते सबैलाई नजिकैको स्वास्थ्य संस्थामा लगिएको छ ।
दुर्घटनाले दुवैतर्फ ट्राफिक जाम भएकाले घाइतेलाई बाहिर निकाल्न स्वास्थ्यकर्मीलाई कठिनाइ भएको थियो।