३० साउन, काठमाडौं । राप्रपा नेपालको केन्द्रिय कार्य समितीको बैठक काठमाडौंको सुकेधारास्थित नबदुर्गा पार्टी प्यालेसमा शुरु भएको छ ।
बैठकको शुभारम्भ गर्दै पार्टी अध्यक्ष कमल थापाले उत्साह, उर्जा र उच्च मनोबल सहित निर्बाचनमा केन्द्रित हुन आग्रह गरेका छन् । थापाले मुलुकको पछिल्लो अवस्था बारे संक्षिप्त भनाई राखेका छन् । अहिले थापाले वर्तमान राजनितीक परिस्थिति तथा भावी कार्यदिशा सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिरहेका छन् । बैठकमा महामन्त्री भाष्कर भद्राले सचिवालय सम्बन्धि प्रतिबेदन , महामन्त्री सुशील श्रेष्ठले मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा र प्रशिक्षण सम्बन्धि प्रतिबेदन , अर्का महामन्त्री राजाराम बर्तौलाले सांगठानिक प्रतिबेदन , कोषाध्यक्ष ज्ञानेन्द्र कार्किले आर्थिक प्रतिबेदन , प्रदेश अध्यक्षहरुको प्रतिबेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । बैठकमा निर्बाचनको तयारी र आबश्यक रणनीति निर्माण गर्ने बिषयमा महत्त्वपूर्ण छलफल हुने उनले बताए । प्रस्तुत कार्यपत्र र प्रतिबेदन माथी आजै बाट टिप्पणी शुरु हुनेछ। बैठक भोलि पनि चल्ने प्रबक्ता सुरेश आचार्यले बताए ।