मनोरञ्जन

मेचु धिमाल र सुप्रिम मल्ल ठकुरीको स्वरमा सजिएको ‘अन्ताक्षरी ’ सार्वजनिक

३० साउन, काठमाडौं। नेपालकै चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’की प्रतिस्पर्धी मेचु धिमाल र गायक सुप्रिम मल्ल ठकुरीको स्वरमा रहेको ‘अन्ताक्षरी ’ गीतको भिडियो सार्वजनिक गरिएको छ।

लोकभाकामा बनेको गीतमा माया र प्रेमका भावहरुलाई समेटिएको छ । भिडियोमा गायिका मेचु आफै र गायक सुप्रिम मल्ल ठकुरीले अभिनय गरेका छन । लिलाराज काङ्गवाङ्गको को शब्द तथा मेचु धिमालको संगीत रहेको गीतमा संगीत संयोजन विसम आचार्यले गरेका छन् । इशाक जगेवुले छायांकन गरेको भिडियोलाई गायिका मेचु धिमाल स्यमले कोरियोग्राफी तथा निर्देशन गरेकी छन्।

इशाक जगेवुले सम्पादन गरेको भिडियो मेचु धिमालको आफ्नै अफिसियल युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ।