खेलकुद

पदक विजेता खेलाडी र सदस्य सचिव घिसिङविच भेटबार्ता


१ भदौ, काठमाडौँ । एक महिना अघि मालदिभ्समा आयोजना भएको ५४ एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा पदक विजेता खेलाडीहरुले बुधबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ संग भेटबार्ता गरेका छन् । भेटबार्ता गर्ने खेलाडीहरुमा उमेश राई, राजु राई र सुजिता मानन्धर रहेका छन् ।
श्रावण ४ गते देखि भएको च्याम्पियनसिपमा नेपालका २ पुरुष र १ महिला गरि तीन खेलाडीहरुले सहभागिता जनाएकोमा खेलाडीहरुले एक रजत र एक कास्य पदक हासिल गर्न सफल भएका थिए । जसमा उमेश राईले ८० केजी तौल समूहमा रजत र फिटनेश फिजिकको १७० से.मि.मा राजु राईले कास्य पदक प्राप्त गरेका थिए । यस्तै महिला एथलेटिक फिजिकमा प्रतिस्पर्धा गरेकी सुजिता मानन्धरले छैटौ स्थान प्राप्त गरेकी थिईन् ।
त्यसै अवसरमा नेपाल शारिरीक सुगठन संघले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवलाई मालदिभ्समा आयोजना भएको ५४ औ एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपका विविध पक्षलाई समेटर तयार पारिएको प्रतिवेदन नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेशका अध्यक्ष राशेजबाबु श्रेष्ठले सदस्य सचिवलाई बुझाएका हुन् ।
सो कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थ, उपाध्यक्ष दिनेश राजभण्डारी र महासचिव राजन श्रेष्ठको उपस्थिती रहेको थियो ।
५५ औं संस्करण नेपमाल आयोजना हुने कार्यक्रम रहेको छ ।