समाचार

नेपाल सरकारको कानुनी प्रकृयालाई सकारात्मक रुपमा बुझ्न शाहको आग्रह

२ भाद्र, काठमाण्डौ । गैर आवासिय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद् (आईसीसी)का कोषाध्यक्ष सुनिल शाहले नागरिकता विद्येयक फिर्ता सम्बन्धमा सकारात्मक रहन सम्पूर्ण गैर आवासिय नेपालीलाइ आग्रह गरेका छन् ।
आईतबार टेक्ससको युलेश स्थित रिपोटर्स क्लव नेपालको अमेरिका शाखा कार्यलयमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै आईसीसी कोषाध्यक्ष शाहले फिर्ता भएको नागरिकता विद्ययकमा एनआरएनए नेपालीको अधिकार प्रति कुनै पनि समस्या नरहेको जानकारी दिंदै नेपाल सरकारको कानुनी प्रकृयालाई सकारात्मक रुपमा बुझ्न अनुरोध गरेका हुन् ।

नागरिकता विद्ययक फिर्ता, एनआरएनएको धारणा विषयक साक्षात्कार कार्यक्रममा प्रमुख वक्ताका रुपमा सहभागी शाहले आईतबार विद्यादेवि भण्डारीद्वारा प्रतिनिधि सभामा फिर्ता भएको नागरिकता विद्ययक गैर आवासिय नेपालीको नागरिकता सम्बन्धमा नभई अंगिकृत लगायतका अन्य नागरिकताका विषयमा रहेकाले चिन्ता गर्नुपर्ने कुनै कारण नभएको बताएका छन् ।

शाहले जन प्रतिनिधीहरुको घनिभुत छलफल पछि प्रतिनिधि सभाबाट पास भएको विद्येयक भएकाले यसमा चिन्ता गर्नु पर्ने कुनै कारण नभएको उल्लेख गर्दै भनेका ’छन् यो विद्येयक हाम्रै जनप्रतिनिधिहरुले छलफल गरेर पठाएको विद्येयक हो, कानुनत रुपमा राष्टपतिले उठाएका प्रश्नमाथी प्रतिनिधि सभाले आवश्यक प्रकृया पुरा गरेर पक्कै पठाउने छ र हामीलाई आसा छ यो विद्ययकेलाई राष्ट्रपतिले स्विकृत गरेर सहयोग गर्नु हुनेछ । ’
संविधानमा लेखिएको कुरालाई कानुन बनाउने क्रममा यो विद्येयक लगिएकाले यसमा संविधानमा भए जस्तै एनआरएनका राजनितिक बाहेक सबै अधिकार यथावत् नै रहेको जानकारी दिंदै शाहले मातृभूमि नेपालको विकासमा सहयोग गर्नु आफुहरुको कतव्र्य बन्ने उल्लेख गरेका छन् ।
विभिन्न कारणले गैर आवासिय बनेका नेपालीको परिवार, आफन्त, समाज, संस्कार सबै नेपालमा नै रहेकाले आफु जन्मिएको र शिक्षा ग्रहण गरेको माटोप्रतिको उत्तरदाहित्व रहने बताएका शाहले देशप्रेम मुखले मात्र दर्साएर नभई व्यवहारमा देखाउनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा शाहले ’एक पटकको नेपाली संधैको नेपाली’ भन्ने मुल नारा सहित अघि बढेको एनआरएनको नेपाल छोड्नु अघिको नागरिकताले निरन्तरता पाओस् माग आफुहरुको रहेको स्पष्ट पार्दै यदि त्यो सम्भव हुने अवस्था नहरे राजनितिक बाहेकका अन्य सबै अधिकार सहि रुपमा सदुपयोग होस् भन्ने आफुहरुको माग रहेको पनि बताएका छन् ।
नेपालको जनकपुरमा जन्मिएका शाहले विभिन्न कारणले नागरिकता प्राप्त गर्नबाट बन्चित मधेशी समुदायका नयाँ पुस्तालाई समेत वंशजको आधारमा नाता प्रमाणित गर्न चुनौती रहेको बताउँदै साहले मधेशमा नागरिकता समस्या सामाधान गर्न विधेयकले सहयोग गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।

रिपोटर्स क्लब नेपाल अमेरिका शाखाका अध्यक्ष किशन रेग्मीको अध्यक्षतामा सम्पन्न साक्षात्कार कार्यक्रम महासचिव ओम आचार्यले संचालन गरेका थिए । पत्रकार आचार्य साथै उपस्थित अन्य पत्रकार र सहभागीहरुले आईसीसी कोषाध्यक्ष शाहसंग नागरिकता विद्येयक फिर्ता सम्बन्धमा प्रतिनिधि प्रश्नहरु राखेका थिए ।
गैर आवासियहरुलाई राजनितिक अधिकार बाहेक एउटा नेपालीले पाउन सम्पूर्ण अधिकार दिईने छ भनेर नेपालको संविधानमा उल्लेखित भएपनि व्यवहारमा अझैं पनि गैर आवासिय नेपालीले प्राप्त गर्ने अधिकारको सहि सदुपयोग हुन नसकेको गुनासो एनआरएनहरुको रहँदै आएको छ । यसका लागि एनआरएन प्रतिनिधी र नेपाल सरकार विच पटक पटक वार्ता पनि हुँदै आएको छ ।