७ भदौ, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले काठमाडौंको फोहोर उठ्न थालेपनि अब पुनः समस्या नबल्झियोस् भन्नका लागि निरन्तर सहजीकरण र अनुगमन आवश्यक रहेको बताएका छन् ।
उनको भनाईः केही दिनदेखि काठमाडौँको फोहोर उठ्न थालेको छ। अब पुनः समस्या नबल्झियोस् भन्नका लागि निरन्तर सहजीकरण र अनुगमन आवश्यक छ। फोहोर व्यवस्थापनका सन्दर्भमा महानगरपालिकाले गर्नुपर्ने काम निरन्तर गरिरहेको छ।
यस बाहेक संघीय सरकारले गर्नुपर्ने काम तोकिएकै समयमा हुन सकोस् र दीर्घकालीन हल खोज्न सकियोस् भन्नका लागि हिजो सहरी विकास मन्त्रीज्यूको समन्वयमा बैठक बस्यौँ। बैठकले काठमाडौँ, नुवाकोट र धादिङका प्रतिनिधिसभा सदस्यहरू सम्मिलित सहजीकरण तथा अनुगमन समिति बनाउने निर्णय गरेको छ।
समितिले सम्झौता बमोजिमका कामहरू समयमा गर्न तिनै तहका सरकार र निकायहरूसँग समन्वय र सहजीकरण गर्नेछ।