राजनीति

काठमाडौंका स्वीकृतिबिना बनाइएका संरचना भत्काउन बालेन शाहले लिए कसैसँग सम्झौता नगर्ने अडान

८ भाद्र, काठमाण्डौ । काठमाडौं महानगरपालिकाले अनाधिकृत रुपमा बनाईएका संरचनाहरु भत्काउने अभियान चलाएको छ ।
आज मेयर बालेन शाह र काठमाडौं ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीको अगुवाईमा काठमाडौं मलमा बनाईएको महानगरसँग स्वीकृत नलिई बनाईएका संरचनाहरु भत्काईएका छन् ।
मेयर शाह काठमाडौंको दरबारमार्ग पुगी अनाधिकृत संरचना हटाउन निर्देशन दिँदै नहटाईए भत्काउने चेतावनी दिईसकेका छन् ।
आजै काठमाडौंको कोटेश्वरलगायतका स्थानमा गई मेयर शाहले निरीक्षण गर्दै अनाधिकृत संरचना भत्काउन लागी पर्ने कार्यक्रम रहेको छ ।
केहीदिन अगाडी बानेश्वरका अनाधिकृत संरचना भत्काएका बालेन शाहले काठमाडौं महानगरपालिका अन्तर्गतका अनाधिकृत संरचनाहरु भत्काउने कार्यलाई तीब्रता दिएका छन् ।
मेयर शाहले काठमाडौं निर्माणका लागि कसैसँग सम्झौता नगर्ने अडानसाथ काठमाडौका बिना स्वीकृत वा एउटा प्रयोजनका लागि स्वीकृति लिने तर अर्को प्रयोजनका लागि बनाईने संरचनालाई भत्काउने वा खाली गराउने अभियान तिब्रता दिने देखिन्छ ।