प्रवास

गैरआवासीय नेपाली संघको १४औं युरोपेली क्षेत्रिय बैठक संगै युवा सम्मेलन स्विडेनमा

९ भाद्र, काठमाण्डौ । गैरआवासीय नेपाली संघले “Partnership in Action,…for Transformation” भन्ने नाराका साथ आउंदो सेप्टेम्बर २४ र २५ तारिखमा युरोपको उत्तरी क्षेत्रमा अवस्थित मुलुक स्विडेनको राजधानी शहर स्टकहोममा १४औं युरोपेली क्षेत्रिय बैठक संगै युवा सम्मेलन, १२ औं महिला तथा बिज्ञ सम्मेलनको आयोजना गर्न लागेको छ।

युरोप क्षेत्रले भेला आयोजनाका निमित्त आन्तरिक तयारीहरु लगभग पुरा गरिसकेको जानएको छन् । भेलालाई सफल तुल्याउनका निमित्त क्षेत्रीय पदाधिकारीहरुको बठैकले विभिन्न समिति, उपसमितिहरुको गठन गरे संगसंगै भेलालाई उपलब्धिमूलक बनाउनका निमित्त सरोकार राख्ने व्यक्तिहरु तथा निकायहरुसंग छलफल गरिरहेको बताएको छ। सोहि छलफललाई पूर्णता दिएर कार्यक्रमको विस्ततृ विवरण छिट्टै सार्वजनिक गर्ने बताएको छ । भेला आयोजनाका निमित्त क्षेत्रीय संयोजक द्वयको अध्यक्षतामा युरोप क्षत्रेका पधाधिकारीहरु, युरोप क्षेत्रबाट प्रतिनिधित्व गर्ने अन्तरराष्ट्रिय समन्वय परिषद सदस्यहरु, सम्बन्धित राष्ट्रिय समन्वय परिषदका अध्यक्ष र महासचिवहरुलाई पदेन सदस्य, युरोप क्षेत्रमा रहेका अन्तराष्ट्रिय पदाधिकारीहरुलाई समितिको पदेन सल्लाहकार राखी एक बहृत् आयोजक कमिटि गठन गरेको छ ।

समितिको सदस्य सचिवको जिम्मेवारी विगतको परम्परालाई निरन्तरता दिंदै आयोजक एनसीसी स्विडेनका अध्यक्ष राजकुमार पाठकलाई दिइएको छ । गैरआवासीय नेपाली संघको पछिल्लो कठिन परिवेशमा थुप्रै चुनौतीका पहाडहरु एकातर्फ आफ्ना
कार्यक्रमहरुको निरन्तरताका विषयहरु छन् भने अर्को तर्फ सामूहिक एकताको आवश्यकता पनि खडकिरहेको छ। संघले
आजका दिनसम्म आर्जन गरेको विश्वासको वातावरणलाई जोगाउनुपर्ने आवश्यकता रहेको बताएको छ।

चुनौतीहरुका चाङ्गको बावजुद गैरआवासीय नेपालीहरुको एकता र सहकार्य नै आजको आवश्यकता भएको र यही आवश्यकतालाई गन्तव्यमा पुराउनु सबैको जिम्मेवारी हो भन्ने कुरामा कुनै शंका नभएको समग्र गैरआवासीय नेपालीहरुको बुझाई छ। एकता र सहकार्य लाई संघले लिएको लक्ष्यसम्म पुर्याउनका निमित्त समयक्रममा गैरआवासीय नेपाली संघलाई यसले आफ्नो स्थापना कालदेखी लिएर हिडिरहेको कार्यदिशालाई परिवर्तन नगरी रुपान्तरण गरेर अगाडी बढ्नु पर्ने चाहना यससंग आवद्ध व्यक्ति, समूह र सहकार्यका हातेमालो गरिरहेका निकायहरुमा रहेको बताएका छन्। सोही रुपान्तरणको दिशामा संघलाई लैजानका निमित्त यस सम्मेलनले मार्गचित्र कोर्ने विश्वास लिएको छ । ।

रुपान्तरणको सिलसिलालाई सुरुवात गर्नका निमित्त युरोप क्षत्रीय भेलाको मुख्य नारा “Partnership in Action,…for Transformation” राखिएको जानएको छ । गैरआवासीय नेपाली संघ नेपाल सरकारको सच्चा साझेदार हो भने नेपाल र नेपालीहरूको विश्वास प्राप्त संस्था पनि हो । सबै गतिविधि र कार्यक्रमको सबै निकाय, संस्था र सरोकारवालाहरूसंग परिणाममुखी सहकार्य गर्ने चाहना रहेको बताएका छन्। गतिविधिहरू रूपान्तरणको निम्ति केन्द्रित गर्ने बताएको छ । यस पटकको क्षेत्रीय भेलाका हरेक कार्यक्रम भित्र युवा र महिलाको सक्रिय भूमिका र सहभागिता खोज्नुका साथै कार्यक्रममा सबै विषयहरुको समस्या र समाधानको बारेमा छलफल गरी त्यसबाट आएको निस्कर्षलाई व्यावहारिरक जीवमा रूपान्तरण गर्न प्रयत्नशील रहने विश्वास लिएको छ, नारा जस्तै काम बाट पनि गैरआवासीय नेपाली हरुको भावानालाई समेट्ने बताएको छ । हरेक गतिविधिलाई समग्र गैरआवासीय नेपालीहरु समक्ष पुर्याउन र हरेक कृयालापलाई पारदर्शी बनाई जानकारी गराउने
उदेश्यले एक मिडिया टिम गठन गरेका छ । उक्त टिमको संयोजन गैरआवासीय नेपाली संघ युरोप क्षत्रेका उप
संयोजक सागर सुवेदीले गरेका छन् ।