राजनीति

काँग्रेसले १०० सीट पाएन भने गठबन्धन हुनु हुँदैनः बरिष्ठ नेता डा कोईराला

११ भदौ, बिराटनगर । नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईरालाले काँग्रेससँग एक्लै निर्बाचन लड्न सक्ने क्षमता भएको बताएका छन् ।
मोरङको हरैचामा आयोजीत काँग्रेसको प्रशिक्षण कार्यक्रममा बोल्दै काँग्रेसले विजय भएको वा हुनसक्ने स्थान हेरेर मात्र गठबन्धन गर्न सकिने र अर्को पार्टीले माग्ने बित्तिकै सीट मजाले दिईहाल्ने अवस्था नरहेको बताएका छन् ।
उनले गठबन्धन गर्ने नै हो भने काँग्रेसले कम्तीमा एक सय सीटमा भाग लगाउनुपर्ने भन्दै यसभन्दा कम भए गठबन्धन गर्न नसकिने स्पष्ट पारेका छन् ।
नेपाली कांग्रेस मोरङ्ग क्षेत्र नं–६ ले सुन्दरहरैंचामा आयोजना गरेको १ दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरुः डा डिला संग्रौला, रुक्मिणी कोइराला, दिनेश कोइराला (प्रशिक्षक), पुर्व केन्द्रीय सदस्य गुरुराज घिमिरे (प्रशिक्षक), पुर्व आमन्त्रित केन्द्रीय सदस्य तेजप्रसाद सिटौला, क्षेत्रीय सभापति देवराज तामाङ्ग लगायतको उपस्थिति थियो ।