१४ भदौ, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सचिव रामकुमारी झाक्रीले राष्ट्रिय एकताको पर्वका रुपमा तीजलाई लिएका छन्। “नेपाली पहिचानको चाडपर्व हो, पहिलाको तीज र अहिलेको तीजमा धेरै रुपान्तरण भएको छ”पूर्वमन्त्रीसमेत रहेकी झाक्रीले भनिन्,“तीज पर्व असाध्यै धेरै महत्व दिएर मनाउने चलन छ, देश/विदेश र अन्य धर्मसम्प्रदायका मानिसले पनि मनाउने गरेका छन्, त्यो राम्रो पक्ष हो ।” नेपालीको संस्कृतिक पर्वलाई विश्वव्यापीरुपमा मनाउन थालेको र नेपाली संस्कृति विश्वमा प्रसारण भएकोप्रति खुशी लागेको छ ।
“तीज नेपाली पहिचानका लागि एकदम राम्रो पर्व हो, ब्रत पनि पानी खाएर बस्न मिल्छ भन्न थालियो, गलत संस्कार, संस्कृति र अभ्यासलाई छोड्दै गएको देखिन्छ”उनले थपिन्,“पुराना गलत कुरालाई रुपान्तरण गर्दै राष्ट्रिय कायम गर्ने काम यो पर्वले गरेको छ ।”यो पर्वमा अवसरमा आर्थिक चलायमान हुँदा राज्यलाई कर जुट्न र राष्ट्रिय एकता कायम गर्ने पर्वको पर्व हो भन्ने नेतृ झाक्रीलाई लाग्छ ।
महिला नेतृहरुले विगतको समयमा धेरे राजनीतिक परिर्वतन भएर आएको हुनाले तीज पर्वलाई परम्परागतरुपमा मनाउन भन्दा पनि महिलाको आर्थिक, सामाजिक, सांस्कृतिक सशक्तीकरण गरी आत्मनिर्भर बनाउनेतर्फ केन्द्रिन गर्नुपर्ने जोड छ ।