समाचार

वाई वाई ग्लोकल टिन हिरो २०२२ उपाधिबाट राहुल रञ्जन शाह सम्मानित

१७ भदौ, काठमाडौँ । ग्लोकल प्रा. लि. द्वारा आयोजित “ग्लोकल टीन हिरो २०२२”को उपाधि राहुल रञ्जन शाहले, जित्न सफल भएका छन् । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम वाई वाई ग्लोकल टिन हिरो नेपालको यो आठौँ संस्करण हो । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा बिहिबार अवार्ड कार्यक्रमको बिच ग्लोकल टीन हिरो नेपाल, २०२२ को घोषणा द सोल्टी काठमाडौमा गरिएको हो ।
वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी आशिष शाह, धनुषा, शिक्षा प्राबिधिक, विमर्ष पौडेल, चितवन, चलचित्र निर्माता , दर्शना रिजाल, मोरङ, महिला अधिकारकर्मी , निश्चल सिंह विष्ट, अछाम, एकोप्रेनेउर, राहुल रञ्जन शाह, धनुषा, खगोल विज्ञान प्रेमी र सृजना गौतम, मोरङ, सामाजिक कार्यकर्ता बीच प्रतियोगिताको बिजेता चयन गरिएको थियो ।

साह एक खगोल व्यवसायी, खगोलविद् र शोधकर्ता हुन् । उनी खगोलीय अनुसन्धानमा समर्पित छन् । उनी नेपाल एस्ट्रोनोमिकल सोसाइटी, स्टुडेन्ट एक्सप्लोरेसन एन्ड डेभलपमेन्ट अफ स्पेस–नेपालसँग आबद्ध छन् । उनी अन्तरिक्षमा विद्यार्थी विकास र अन्वेषण –SXC को संस्थापक सदस्य पनि हुन् । हाल उनी नेपालको पहिलो निजी अन्तरिक्ष मिसनलाई व्यवसायीकरण र विकास गर्न पहल गर्ने परियोजना उद्यम “आरोहण“ मा एस्ट्रोप्रेनरको रूपमा काम गरिरहेका छन् । उनले नेपालभरका विद्यार्थीहरूका लागि पूर्ण रूपमा विकास गर्ने स्रोतहरू पनि समर्पित गरेका छन् । उनी पछिल्लो समय खगोल विज्ञानका विभिन्न क्षेत्रबाट नासासँगको अनुसन्धान देखि अनुवादसम्म र नेपालको प्रतिनिधित्व गर्ने धारणालाई परिवर्तन गर्न काम गरिरहेका छन्। उनले नेपालको पहिलो अन्तर्राष्ट्रिय मान्यता प्राप्त हाईस्कूल क्लब, र SEDS-Nepal र SEDS-US भित्र पहिलो एभिएसन र एरोस्पेस आधारित संस्थाको स्थापना गरे । साथै, साहले २०+ देशहरूमा नेपालको प्रतिनिधित्व गरे र नेपाली सरकारी संस्थाको प्रदर्शन गरे, र अन्तरिक्ष यात्राको उद्यममा उत्कृष्ट प्रदर्शन गर्दै टोलीले सानो स्याटेलाइट प्रक्षेपण गर्न रु १ लाखको तुलनामा लगभग रु ३० हजार भन्दा राम्रो र सस्तो लागतमा काम गर्यो । उनले आफ्नो आत्मा सबैका लागि खगोल विज्ञानमा विविधीकरण गर्न समर्पित गरेका छन् । सबैका लागि उपलब्धतामा पहुँच गर्न, उनले त्यस्ता कमजोर उपकरणहरूलाई नेपालको कुना–कुनासम्म पु¥याए र अन्तरिक्षको सपनालाई साकार पार्दै अहिले सात हजार भन्दा बढी विद्यार्थीहरू पुगेका छन् । त्यसैगरी, उनले खगोल विज्ञानमा भाषा अवरोधको मुद्दालाई उन्मूलन गर्ने काम गरे। उनको टोलीले “ह्यान्डबुक अन एस्ट्रोनोमिकल इन्स्ट्रुमेन्ट“ मा अनुवाद गरी नेपाली खगोल विज्ञानलाई अन्तर्राष्ट्रिय स्तरमा लैजानको लागि प्रयत्नरत छन्, जहाँ उनले नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय खगोल विज्ञानमा प्रतिस्पर्धा गर्न मद्दत र सशक्तिकरण गर्दै छन् ।

देश भरिका किशोर किशोरीहरुबाट कुल ६४८ आवेदन आएकोमा आज ग्लोकल टीन हिरो उपाधिबाट सम्मानित गरिएको हो। यी किशोरकिशोरीहरु शिक्षा, समाजसक्रियता, महिला अधिकार, चलचित्र निर्माण, जस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन् । समाजमा रहेका असाधारण किशोरकिशोरीहरुको पहिचान र सम्मान गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको छ ।

यस बर्षको निर्णायक टोलीमा युरोपियन युनियनका राजदूत नोना डेप्रेज, गोल्डस्टारको मार्केटिंग, ब्रान्डि र व्यवसाय विकास निर्देशक, विधुसी राणा, नेपालका लागि कोका कोला कम्पनीका कन्ट्री निर्देशक आदर्श अवस्थी, गोल्छा ग्रुप का अध्यक्ष शेखर गोल्छा र ज्योति ग्रुप अफ कम्पनीका निर्देशक र स्याकर ट्रेडिंग कम्पनीका अध्यक्ष, सौरभ ज्योति, रहेका थिए । यस बर्षको अन्तिम ६ प्रतिस्पर्धीहरुले सात दिने लामो क्षमता विकास कार्यशालामा सहभागी हुने अवसर प्राप्त गरेका थिए । अन्तिम ६ प्रतिस्पर्धीकोे कामको सुरुवात र प्रभावको आधारमा र व्यक्तित्व मापदण्ड, ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्बाता भएको थियो र बिहिबारको समरोहमा २०२२ को बिजेता घोषणा गरिएको थियो ।

देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन ग्लोकलसँग बिभिन्न सँगसंस्थाहरु साझेदारका रुपमा जोडिएका थिए । ग्लोकल प्रा. लिले शीर्षक साझेदारको रूपमा वाई वाईसँग साझेदारी गरेको छ । रणनीतिक साझेदारको रूपमा बागमती प्रदेश, भारतीय दूतावास, युरोपेली संघर संघीय गणतन्त्र जर्मनदूतावास काठमाडौं, अमेरिकी दुतबासस पार्ट्नरका रुपमा होन्डा,कोका कोला, डब्ल्यूडब्ल्यूएफ नेपाल, टोयोटा, पंचकन्याग्रुप, द ब्रिटिश कलेज, काठमाडौं वर्ल्ड स्कूल, रियल, यमआइ, नेपाल टेलिकम र डिश होमसइन्टरनेट साझेदारको रूपमा लूप नेटवर्कससमिडिया पार्ट्नर, द हिमालयन टाईम्ससआधिकारिक होटल साझेदारको रूपमा द सोल्टी काठमाडौस आतिथ्य पार्टनरमा कोजी होम बीएन्डबी, सिद्धार्थ बिजनेश ग्रुप अफ हसपीट्यालीटीस एयरलाइन्स पार्टनरः टर्किश एयरलाइन्स, विस्तारा र एति एयरलाइन्सस शिक्षा पार्ट्नरमा किङ्स कलेज र विद्या संस्कार स्कूलर समर्थकमा ईसेवा, रुटिन अफ नेपाल बन्द, क्विक्स रभ्यू योर् चोइस रहेका छन् ।