समाचार

बिल बिजक भन्दा बढी लत्ताकपडा तथा खुद्रा सामान लोड रहेका ट्रक नियन्त्रणमा

१७ भदौ, काठमाडौँ । प्रहारीले मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका पर्सा वडा नं. ६ लोहारपट्टी सडकखण्डमा ना. ५ ख ६९५९ नम्बरको मालवाहक ट्रकलाई चेकजाँच गर्ने क्रममा विल बिजक शंकास्पद देखिएको तथा विल बिजक बिनाका विभिन्न किसिमका लत्ताकपडाहरू समेत फेला परेको हुँदा उक्त ट्रक नियन्त्रणमा लिइएको हो । र उक्त मालवाहक ट्रकमा अन्दाजी रु. एक करोड दुई लाख छयालीस हजार सात सय उनान्साठ्ठीको सामान रहेको अनुमान थियो ।

मातहत वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले बिहिबार दिउँसो ०१:०० बजे उक्त ट्रकलाई नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको थियो ।