अन्तर्राष्ट्रिय

अफ्रिकाको शान्ति र सुरक्षाको अवस्थामा सुधार भएको छ : अफ्रिकी युनियन

१७ भदौ, नैरोबी । अफ्रिकी देशहरुमा शान्ति र सुरक्षाको अवस्थामा उन्नति भएको अफ्रिकी युनियनले जानकारी दिएको छ । यहाँका आन्तरिक द्वन्द्व एवं अन्य विवादहरुका विषयमा भएका अफ्रिकी देशहरुका सामुहिक प्रयासका कारण यी देशहरुको शान्ति सुरक्षाको अवस्थामा सुधार आएको बताइएको हो ।

अफ्रिकी युनियनका एकजना अधिकारीले अफ्रिकी देशहरुमा पछिल्लो समयमा देखा परिरहेको अशान्ति र आतङ्कवादी क्रियाकलापहरुको नियन्त्रणका क्षेत्रमा सबै देशले सामूहिक रुपमा प्रयास गरेका छन् ।

सोही प्रयासका कारण यहाँको शान्ति सुरक्षाको अवस्थामा सुधार आएको युनियनको निशस्त्रीकरण आयोजनाका प्रमुख तथा सुरक्षा क्षेत्र सुधार विभागका प्रमुख क्रिस्टोफर सुना कायोसेले बताएका हुन् ।

केन्याको राजधानी नैरोबीमा भएको एक सम्मेलनमा आफ्ना धारणा राख्दै उनले बिहीबार भने– यो सुधार अफ्रिकी देशहरुको सामूहिक प्रयासको प्रतिफल हो ।

यसका साथै यी देशहरुले नागरिक समाजका विभिन्न संघ सङ्गठनहरुको परिचालनका साथै शान्ति सुरक्षा कायम राख्नका लागि शान्ति सेनाको पनि परिचालन गरिएको छ ।

यी प्रयासहरु अफ्रिकी देशहरुले सामूहिक रुपमा गरिरहेका र नागरिक संघसंस्थाहरुलाई पनि हत्या हिंसाका विरुद्धमा जनचेतनाका कार्यक्रमहरु गरिएको उनले बताए ।